२०८३ श्रावण ७ गते , विहीबार

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

sajilo news
परिवेश मिडिया
२०८३ श्रावण ६ गते , बुधबार
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए सामूहिक राजीनामा

झापा बागमती प्रदेश सरकारमा नेकपा (एमाले)बाट सहभागी सबै जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्

केन्द्रीय तहमा नेपाली कांग्रेस एमालेबीचको सत्ता सहकार्य अन्त्य भएसँगै प्रदेश सरकारको नयाँ सत्ता समीकरणका लागि एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको हो

एमाले संसदीय दलका नेता जगन्नाथ खतिवडाका अनुसार मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष ११ बजे राजीनामा बुझाएर समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएका छन्

राजीनामा दिने मन्त्रीहरूमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल तथा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा रहेका छन्

सम्बन्धित समाचार