२०८३ असार ११ गते , विहीबार

बिर्तामोडमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ असार ११ गते , विहीबार
बिर्तामोडमा ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोडमा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिर्तामोड ३ बिर्ताबजारस्थित हतटिया लाइनको पुलमा भएको दुर्घटनामा परी १० वर्षीया अनुकृती चापागाईको मृत्यु भएको हो ।
आज साँझ अन्दाजी ७ बजे गिट्टी लोड गरेर रामचोकबाट बिर्ताबजारतर्फ भित्री सडकबाट जाँदै गरेको मे १ क ६४३ नम्बरको ट्रिपरले अनुकृतिलाई ठक्कर दिएको थियो । उनलाई तत्काल बिर्तासिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रिपर, ट्रिपर चालक बुद्धशान्ति-१ बस्ने बर्ष अन्दाजी ५३ को श्याम प्रसाद दाहाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनास्थलमा सयौंको आक्रोशित भीड जम्मा भएको थियो । 

सम्बन्धित समाचार