२०८३ असार ११ गते , विहीबार

झापा प्रहरीको स्वीप अपरेशन, एकै दिन ३६ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ असार ११ गते , विहीबार
झापा प्रहरीको स्वीप अपरेशन, एकै दिन ३६ जना पक्राउ

बिर्तामोड झापा प्रहरीले चलाएको स्वीप अपरेशनमा एकै दिन ३६ जना पक्राउ परेका छन् असार १० गते प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरु पक्राउ परेका हुन्

बुधबार विहान १० देखि साँझ बजेसम्म जिल्ला प्रहरी कार्यालय झापा, लागू औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काकरभिट्टा तथा मातहत कार्यालयबाट खटिएको स्वीप अप्रेशन प्रहरी टोलीले शंकास्पद अवस्थामा हिड्डुल गर्ने लागू औषध सेवनकर्ताहरु २९ जना पुरूष तथा लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक १० (दश) ग्राम ११८ (एक सय अठार) मिलिग्राम सहित जना मानिसहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

लागूऔषध सेवनकर्ताहरूलाई मनोपरामर्श सेवा प्रदान गरी आवश्यकता अनुसार अभिभावकको जिम्मा लगाउने तथा पुनस्र्थापना केन्द्रमा पठाउने कार्य भएको प्रहरीले जनाएको

लागूऔषधसहित पक्राउ परेका झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ५बस्ने बर्ष ५० को भरत मोहरा, कमल गाउँपालिका वडा नम्बर बस्ने २७ को सनम धिमाल, कमल बस्ने बर्ष २० को प्रदिप दास, हल्दिबारी गाउँपालिका वडा नम्बर बस्ने प्रितम तामाङ, बिर्तामोड नगरपालिका वडा नम्बर बस्ने बर्ष २० को सुनिल पासवान, सोहि स्थान बस्ने बर्ष २१ को उदय पासवान, ईलाम सुर्योदय नगरपालिका वडा नं ११ बस्ने बर्ष ४५ को रनधिर प्रधानलाई हिरासतमा राखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएस्पी रञ्जन अवाले जानकारी दिए प्रहरीले उनीहरुको साथबाट लागूपदार्थ, अटो मोटरसाइकलसमेत बरामद गरेको

सम्बन्धित समाचार