२०८३ असार ९ गते , मंगलबार

क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : कांग्रेस सभापति थापा

sajilo news
परिवेश मिडिया
२०८३ असार ९ गते , मंगलबार
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : कांग्रेस सभापति थापा

बिर्तामोड नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको क्रियाशील सदस्यता डिजिटल्ली अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका छन्

मंगलबार झापामा कार्यकर्ता भेलामा सभापति थापाले अद्यावधिक नगर्नेलाई नयाँ बनाइएको सदस्यताको सिस्टमले नै पार्टी सदस्यका रूपमा नचिन्ने बताएका हुन्

अद्यावधिक नभएको कोही पनि साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यका रूपमा चिन्दैन, सभापति थापाले भने, अब मैले के गर्ने ? मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल भन्छु तर अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने बेला नाम वडामा आउँदैन

पार्टीले सदस्यता व्यवस्थापन, निर्वाचन प्रक्रिया सङ्गठन सञ्चालनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाएको पनि बताए त्यसैले अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने भन्दै यो व्यवस्था कसैलाई निषेध गर्न नभई पार्टीलाई विधिसम्मत व्यवस्थित बनाउन लागू गरिएको बताए

निवर्तमान सभापति शेरबहादुर देउवा नेता डा. शेखर कोइराला पक्षका नेताहरूले क्रियाशील अद्यावधिक गरेका छैनन्

सम्बन्धित समाचार