२०८३ असार ९ गते , मंगलबार

जापानमा नेपाली महिलाको हत्या, एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८३ असार ९ गते , मंगलबार
जापानमा नेपाली महिलाको हत्या, एक जना पक्राउ

एजेन्सी जापानमा एक नेपाली महिलाको हत्या भएको हत्या आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको

आइतबार बिहान साढे ६ः५५ बजेतिर कपडाभरि रगत लत्पतिएको अवस्थामा विदेशी नागरिक कोनोसु प्रहरी चौकी पुगेका थिए ती पुरुष मृतककी श्रीमान भएको उल्लेख गरिएको उनी प्रहरी चौकी आएलगत्तै यो घटना बाहिर आएको हो

प्रहरी टोली ती पुरुषलाई साथमै लिएर उनको तीन तले अपार्टमेन्टमा पुगेको थियो त्यहाँ अपार्टमेन्टको प्यासेजमा नेपाली महिला टाउकोबाट अत्यधिक रगत बगेर अचेत अवस्थामा ढलेकी थिइन्

उनलाई तुरुन्तै नजिकैको अस्पताल पुर्याइए पनि उपचारका क्रममा करिब एक घण्टापछि चिकित्सकले मृत घोषित गरेका थिए करिब ३० बर्षीया महिला भएको उल्लेख गरिएपनि थप परिचय भने खुलाइएको छैन

यो घटना कसरी किन भयो भन्नेबारे प्रहरीले हाल श्रीमानसँग सोधपुछ गरिरहेको तर, ती पुरुषले अहिले दोधारे अस्पष्ट कुरा गरिरहेकाले घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले विस्तृत रूपमा सुक्ष्म अनुसन्धान गरिरहेको समाचारमा उल्लेख

सम्बन्धित समाचार