२०८३ असार ९ गते , मंगलबार

झापामा सर्पले डस्दा वृद्धाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ असार ८ गते , सोमबार
झापामा सर्पले डस्दा वृद्धाको मृत्यु

बिर्तामोड । झापाको गौरीगञ्जमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । झापा गौरीगंज गाउँपालिका ४ बाईसेटोल बस्ने वर्ष अन्दाजी ८८ वर्षीया पञ्चमाँया शेर्माको मृत्यु भएको हो ।
आइतबार बेलुका अन्दाजी ६:३० बजे कुखुराको खोरको ढोला लागाउने क्रममा खोर छेउमा रहेको ईट्टाको चाङ्गबाट निस्किएको सर्पले डसेर शेर्मा सख्त घाइते भएकी थिइन् । दाहिने हातको माझी औंलामा डसेर घाइते भएकी शेर्माको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा राति १०:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार