२०८३ असार ८ गते , सोमबार

लायन्स क्लब अफ बिर्तामोड लेडीद्वारा सम्पादक खड्कासहित ५ जना सम्मानित

sajilo news
परिवेश मिडिया
२०८३ असार ७ गते , आईतबार
लायन्स क्लब अफ बिर्तामोड लेडीद्वारा सम्पादक खड्कासहित ५ जना सम्मानित

बिर्तामोड लायन्स क्लब अफ बिर्तामोड स्माट लेडीद्वारा पाँच जनालाई सम्मान गरिएको आइतबार पद हस्तान्तरणको अवसरमा परिवेश मिडियाका सम्पादक पुष्प खड्कासहित पाँच जनालाई सम्मान गरिएको हो

बिर्तामोडको सिपी होटलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो संस्थाको विभिन्न गतिविधीलाई पत्रकारिताको माध्यमबाट आममानिसमा पुर्याउन सहयोग पुर्याएको भन्दै  सम्पादक पुष्प खड्कालाई सम्मान गरिएको थियो बर्ष २०२५÷२६ की अध्यक्ष यशोदा उप्रेतीसहितको कार्यसमितिलाई सहयोग गरेको भन्दै पत्रकार खड्कासहित लायन रिजन चेयर पर्सन पार्वता गिरी डिस्ट्रिक्ट मार्केटिङ चिफ निरज ओली तथा व्यवसायीद्वय कविता पोखरेल गोमा दंगाललाई सम्मान गरिएको थियो उनीहरुलाई कार्यक्रमकी अध्यक्ष यशोदा उप्रेती तथा प्रमुख अतिथी आइपीडीजी विकास कार्कीले सम्मान पत्र हस्तान्तरण गरेका थिए

कार्यक्रममा बर्ष २०२६÷२७ का लागि निर्वाचन समिति संयोजक आइपीपी मञ्जु उप्रेतीले सरु भुर्तेल खनालको अध्यक्षतामा नयाँ कार्यसमितिको नामावली सर्वसम्मत चयन भएको घोषणा गरेकी थिइन्

कार्यक्रममा बर्ष २०२६÷२७ की अध्यक्ष सरु भुर्तेल खनालले आफ्नो कार्यसमितिलाई पूर्णता दिनुका साथै संस्थाको मूल्यमान्यता सिद्धान्त अनुरुप कार्यगर्ने प्रतिबद्धता व्यक्त गरिन् आगामी बर्षको अध्यक्ष भुर्तेल अर्का अध्यक्ष उप्रेतीले मायाको चिनो साटासाट गरेका थिए भने सचिवले माइन्युट हस्तान्तरण गरेका थिए

कार्यक्रमकी अध्यक्ष उप्रेतीले सहभागीहरुलाई स्वागत गर्नुका साथै आफ्नो बर्षे कार्यकालमा ७० वटा सामाजिक सेवाको काम गरेको जानकारी दिँदै सो अवधिमा आफुलाई सहयोग गर्ने विभिन्न व्यक्ति, संघसंस्था तथा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिइन्

कार्यक्रममा सहभागी सम्पूर्णलाई कार्यक्रमकी अध्यक्ष उप्रेतीले मायाको चिनो हस्तान्तरण गरेकी थिइन्

सेकेन्ड भिपी गोमा मैनाली खड्काले झण्डाको अभिवादन वाचन गरेकी थिइन् अर्जुनधारा वडा नं.  का वडाध्यक्ष उपेन्द्र बस्नेत डिस्ट्रिक मार्केटिङ चिप निरज ओलीले शुभकामना मन्तव्य राखेका थिए सचिव शिला भट्टराई बरालले कार्यक्रम सञ्चालन गरेकी थिइन्

 

 

 

सम्बन्धित समाचार