२०८३ असार ८ गते , सोमबार

झापामा बिवाइडी गाडीको सर्भिस सेन्टरमा आगलागी, लाखौंको क्षति

sajilo news
परिवेश मिडिया
२०८३ असार ७ गते , आईतबार
झापामा बिवाइडी गाडीको सर्भिस सेन्टरमा आगलागी, लाखौंको क्षति

बिर्तामोड । झापाको बिर्तामोडमा बिवाइडी इलेक्ट्रिक गाडीको सर्भिस सेन्टरमा आगलागी भएको छ ।
बिर्तामोडको पश्चिम बस स्टेण्ड दक्षिणमा विकास बस्नेतले संचालन गर्दै आएको सर्भिस सेन्टरमा आज बिहान अन्दाजी ४ बजे आगलागी भएको हो । आगलागीबाट विभिन्न मोटर पार्टसहरु जल्दा अन्दाजी ६० लाखको क्षति भएको जनाइएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरु भने जोगाइएको छ । विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।
बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५:१० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार