२०८३ असार ७ गते , आईतबार

एक्स थ्रीद्वारा गोल्ड मेडलिस्ट खेलाडी मल्ल सम्मानित

sajilo news
परिवेश मिडिया
२०८३ असार ६ गते , शनिबार
एक्स थ्रीद्वारा गोल्ड मेडलिस्ट खेलाडी मल्ल सम्मानित

बिर्तामोड । झापाको अर्जुनधारा-११ नयाँ बसपार्कस्थित एक्स थ्री बक्सिङ क्लबले आफ्नो गोल्ड मेडलिस्ट खेलाडी अञ्जन मल्ल ठकुरीलाई सम्मान गरेको छ । क्लबले आज एक कार्यक्रमको आयोजना गरी मल्ललाई सम्मान गरेको हो ।
मल्लले जेठ १३ देखि १६ गते सम्म मकवानपुर बक्सिङ क्लबले हेटौंडामा आयोजना गरेको अल नेपाल ओपन यू २२ बक्सिङ प्रतियोगिामा मल्लले गोल्ड मेडल प्राप्त गरेका थिए । क्लबको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे र कार्यक्रमका अध्यक्ष तथा क्लबकी प्रबन्ध निर्देशक जोया सुब्बाले मल्ललाई सम्मान गरेका थिए ।

प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख घिमिरेले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै आत्मविश्वास बढाउने बताए । खेलकुदको माध्यमबाट युवाहरु कुलतबाट जोगाएर सभ्य समाज बनाउन सकिने उनको धारणा थियो ।
क्लबका बक्सिङ प्रशिक्षक डम्बर लिम्बुका अनुसार झापाका मल्लसहित तीनजना खेलाडीले मकवानपुरको हेटौँडा–४ स्थित हेटौँडा कभर्ड हलमा सम्पन्न अल नेपाल ओपन यु–२२ ओपन बक्सिङ च्याम्पियनसिपमा पदक प्राप्त गरेका थिए ।
सोही अवसरमा सञ्जीव घोषले मल्ललाई नगद ११ हजार प्रदान गरेका थिए ।
स्वागतसहित क्लवको अवस्था, क्लवले गरेको कार्यक्रम र आगामी योजनासहित कार्यक्रमको औचित्यमाथि प्रकाश क्लवकी  प्रबन्ध निर्देशक जोया सुब्बाले पारेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भुमिका फियाक सुब्बाले गरेकी थिइन् । 

सम्बन्धित समाचार