२०८३ असार ७ गते , आईतबार
बिरिङ खोलामा बालिकाको शव फेला
बिर्तामोड । झापाको कनकाईस्थित बिरिङ खोलामा एक बालिकाको शव फेला परेको छ । कनकाई १ बस्ने कुलबहादुर रसाईलीको छोरी बर्ष ५ की सोनिया रसाईलीको शव फेला परेको हो ।
शनिबार बिहान १० बजेदेखि घरबाट हराएकी सोनिया दिउँसो अन्दाजी ३ बजे कनकाई ८ स्थित बिरिङ खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।