२०८३ असार ५ गते , शुक्रबार

सक्रिय राजनीतिबाट विदा लिने महराको घोषणा

sajilo news
परिवेश मिडिया
२०८३ असार ४ गते , विहीबार
सक्रिय राजनीतिबाट विदा लिने महराको घोषणा

बिर्तामोड नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएका छन्

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका हुन् महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताए

पार्टी छाडेको भन्दा पनि सम्पूर्ण जिम्मेवारीबाट अलग भएको हुँ पार्टीप्रति कुनै वितृष्णा भएर होइन, उनले भने

विगत ४८ वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रिय रहँदै आएका महराले आफू एट्रोफी सम्बन्धी नसा मांसपेशीको समस्याबाट पीडित रहेको बताएका छन्  नियमित उपचार, थेरापी औषधि सेवन गर्दा पनि स्वास्थ्यमा अपेक्षित सुधार नभएकाले पार्टीका नियमित गतिविधि जिम्मेवारी वहन गर्न कठिन भएको महराले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख

स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन परिणामस्वरूप, पार्टीका नियमित गतिविधि जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय, प्रभावकारी जिम्मेवार ढङ्गले योगदान गर्न कठिन हुँदै गएको , वक्तव्यमा भनिएको

आफ्नो यो निर्णय कुनै राजनीतिक असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई विशुद्ध स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थिति मात्र भएको महराले प्रस्ट पारे

उनले भनेका छन्, पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु ४८ वर्षे राजनीतिक यात्रामा साथ दिने सबै साथीहरू, जनता परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन्

नेकपा चौथो महाधिवेशनदेखि माओवादी आन्दोलनका विभिन्न चरणहरूमा आफूले क्षमताले भ्याएसम्म योगदान गरेको स्मरण गर्दै उनले नयाँ पुस्ताका ऊर्जावान् युवाहरूले देशलाई समृद्ध आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन्  

सम्बन्धित समाचार