२०८३ असार १ गते , सोमबार

एमाले पार्टी पुनर्गठन पक्षमा बागमती प्रदेशका बहुमत नेता–कार्यकर्ता

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ३१ गते , आईतबार
एमाले पार्टी पुनर्गठन पक्षमा बागमती प्रदेशका बहुमत नेता–कार्यकर्ता

काठमाण्डौ । पार्टी पुनर्गठन र पुनर्संरचनाको पक्षमा नेकपा एमाले बागमती प्रदेशका बहुमत नेता–कार्यकर्ता उभिएपछि पुनर्गठन पक्षधर नेता–कार्यकर्ता उत्साहित बनेका छन् ।
बागमतीपछि अन्य सबै प्रदेशमा यस्ता भेला र सुझाव सङ्कलन गर्ने तयारीमा रहेको नेकपा एमालेका लागि बागमतीको सन्देश अन्य प्रदेशमा समेत प्रवाह हुने भएको छ । जसले एमालेभित्रको आन्तरिक किचलो बढ्दै जाने र अन्ततः पार्टी चोइटिनेसम्मको अवस्था आउने स्वयम् नेताहरूले नै स्वीकार गर्न थालेका छन् ।
यसको सङ्केत अरू कसैले नभई पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम्‌ले शनिबार गुण्डुमा केही नेताहरूको संवादका क्रममा गरिसकेका छन् ।
काठमाडौंको जडिबुटीमा शनिबार सम्पन्न चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेशस्तरीय भेलामा सहभागी ८० प्रतिशत नेता–कार्यकर्ताहरूले अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने ठहर गर्दै नेतृत्व परिवर्तनसहित पार्टीको पुनर्संरचना गर्नुपर्ने धारणा राखेका थिए ।
‘अहिलेकै अवस्था र यही नेतृत्वमा पार्टी अघि बढ्न सक्दैन । पार्टी पुनर्गठन र पुनर्संरचना आवश्यक छ भन्ने सार ८० प्रतिशत नेताहरूको थियो’, प्रदेशस्तरीय एक नेताले भने ।

सम्बन्धित समाचार