इजलास दैनिकले मनायो १०औँ बार्षिकोत्सव
बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशन हुने इजलास दैनिकले १०औँ बार्षिकोत्सव सम्पन्न गरेको छ । टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशन हुने इजलासले बार्षिकोत्सवको अवसरमा म्यागजिनसमेत विमोचन गरेको छ ।
बिर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यक्रममा कार्यक्रमका अध्यक्ष त्रिलोचन सापकोटा, प्रमुख अतिथी नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा लगायतले म्यागजिन विमोचन गरेका थिए ।
कार्यक्रमकै बिच म्यागजिन प्रकाशनमा सहयोगी विज्ञापनदाताहरुलाई सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च झापाका प्रथम उपाध्यक्ष मिजास पोखरेल, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई इजलास दैनिकका सम्पादक प्रदिप परियारले स्वागत गरेका थिए भने रमेश तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।