२०८३ जेष्ठ २४ गते , आईतबार

आज ३८ जिल्लामा रास्वपाको अधिवेशन

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २३ गते , शनिबार
आज ३८ जिल्लामा रास्वपाको अधिवेशन

बिर्तामोड । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको आज ३८ जिल्लामा अधिवेशन हुन लागेको छ । कोशीका ८ सहित ३८ जिल्लामा पार्टीको पहिलो जिल्ला अधिवेशन हुन लागेको हो ।
बाराको अधिवेशन २६ गते हुने र बाकी जिल्लाको अधिवेशन भोलि (२४ गते) हुने पार्टीले जनाएको छ ।
झापाको अधिवेशन बिर्तामोडको चिरायु होटलको सभाहलमा बिहान ११ बजेदेखि अधिवेशन हुने आयोजकले जनाएकोछ । अधिवेशनमा जिल्ला सभापतिका लागि सातजना आकांक्षी देखिएका छन् । लक्ष्मण बस्नेत, ओम भण्डारी, राजेन्द्र खनाल, शम्भु भण्डारी, लक्की सिटौला, अर्जुन मैनाली, मेदनी प्रसाई जिल्ला सभापतिका आकांक्षी देखिएका हुन् । त्यसमध्ये लक्ष्मण बस्नेत र ओम भण्डारी प्रवल दावेदार मानिएका छन् ।
विरोध सुवेदी सचिवको आकांक्षी रहेको बुझिएको छ । अधिवेशनमा पालिकाका प्रतिनिधि , विभिन्न विभागका प्रतिनिधि, पुरानो समितिलगायत गरी करिव हजारजनाले भाग लिने जनाइएको छ ।

सम्बन्धित समाचार