२०८३ जेष्ठ २३ गते , शनिबार

एक लाख २८ हजारको फर्सीको बियाँ बरामद

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ २२ गते , शुक्रबार
एक लाख २८ हजारको फर्सीको बियाँ बरामद

बिर्तामोड । प्रहरीले झापाको काँकडभिट्टाबाट ठुलो मात्रामा फर्सीको बियाँ बरामद गरेको छ । शुक्रबार मेचीनगर ७ गैरीगाउँबाट प्रहरीले १६० केजी फर्सीको बियाँ बरामद गरेको हो ।
साँझ ६:३० बजे काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा लाँदै गरेको फर्सीको बियाँ बरामद गरेको हो । बरामद भएको फर्सीको बियाँको मूल्य अन्दाजी १ लाख २८ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

सम्बन्धित समाचार