हिमालयन लाइफको १८औं वार्षिकोत्सवमा एजेन्सी सम्मान
बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले विविध कार्यक्रमका साथ बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले प्रदेश, उपप्रदेश र शाखास्तरमा विविध कार्यक्रम गरी आज १८औं बार्षिकोत्सव सम्पन्न गरेको हो ।
कोशी प्रदेश अन्तर्गत उपप्रादेशिक कार्यालयले वार्षिकोत्सवको अवसरमा एजेन्सी सम्मान गरेको छ । बिर्तामोडस्थित साई प्यालेसमा आयोजित कार्यक्रममा विभिन्न उपलब्धि हासिल गरेका करिब ५० जना एजेन्सीलाई सम्मान गरेको थियो ।
प्रदेश उपप्रमुख भोलाकृष्ण (नविन) मिश्रको संयोजकत्वमा भएको कार्यक्रममा एजेन्सी सम्मान सहित साङ्गीतिक प्रस्तुति र ट्रष्ट इन्स्योरेन्स ग्रुपको संयोजनमा हुन लागेको गोवा टुरको बारेमा जानकारी गराइएको थियो ।
एजेन्सीहरुलाई कोशी प्रदेश प्रमुख रामबहादुर शाही, उपप्रमुख मिश्र र एजेन्सी लिडर खिवराज दाहालले सम्मान गरेका थिए । कार्यक्रममा सहभागीलाई बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले स्वागत गरेका थिए भने सिनियर एजेन्सी मेनेजर सागर रिजालले सञ्चालन गरेका थिए ।