२०८३ जेष्ठ १८ गते , सोमबार

आज भारत जाँदै रास्वापा सभापति लामिछाने

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १८ गते , सोमबार
आज भारत जाँदै रास्वापा सभापति लामिछाने

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् । 
सभापति लामिछानेको उच्च स्तरीय भेटघाट र कार्यक्रमहरूलाई व्यवस्थित बनाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको रास्वपाले जनाएको छ ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने भएका हुन् । 
रास्वपाका प्रवक्ता मनिष झाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे आधिकारिक जानकारी दिएका हुन् । भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ । 
उनले भाजपाका शीर्ष नेतृत्वसँग द्विपक्षीय हित र राजनीतिक विषयमा छलफल गर्नेछन् । राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै सिलसिलामा उनले अयोध्याको व्यक्तिगत भ्रमण समेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस भ्रमणका लागि सभापति लामिछानेको नेतृत्वमा पाँच सदस्यीय औपचारिक प्रतिनिधिमण्डल भारत जान लागेको हो । भ्रमण टोलीमा रास्वपाका सह-महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिन कुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी रहेका छन् । 
सभापति लामिछानेको उच्च स्तरीय भेटघाट र कार्यक्रमहरूलाई व्यवस्थित बनाउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय र सहजीकरण गरिरहेको रास्वपाले जनाएको छ ।

सम्बन्धित समाचार