२०८३ जेष्ठ १६ गते , शनिबार

गणतन्त्र दिवसको कार्यक्रममा नायक प्रचण्डलाई नै ‘इन्सल्ट’

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १६ गते , शनिबार
गणतन्त्र दिवसको कार्यक्रममा नायक प्रचण्डलाई नै ‘इन्सल्ट’

झापा दश वर्षे जनयुद्धको जगमा स्थापित गणतन्त्र दिवसको कार्यक्रममा जनयुद्धका कमाण्डरलाई नै अपमानइन्सल्टगरिएको गणतन्त्र दिवसको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)लाई सांसदको हैसियतमा सामान्य निम्तो गरेर सरकारले अपमान गरेको हो

यस अघिका गणतन्त्र दिवसको कार्यक्रममा सबै पूर्व प्रधानमन्त्रीहरुलाई विशेष निमन्त्रणा गर्ने गरिएको थियो तर यो वर्षको कार्यक्रममा निम्तो गर्ने जिम्मा पाएको गृह मन्त्रालयले औपचारिकताका लागि सामान्य  निम्तो गरेको प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘हरेक वर्ष पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा आउने गरेको थियो यस वर्ष आएन पछि बुझ्दा प्रतिनिधिसभा सदस्यको रुपमा सम्वोधन गरेर एउटा निमन्त्रणा पिजनहोलमा छोडिएको रहेछ

प्रचण्डलाई सामान्य रुघाखोकी लागे पनि उनी समारोहमा जानै नसक्ने अवस्थामा भने थिएनन् पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो नआएपछि उनले नजाने निर्णय गरेका हुन्

कार्यक्रममा कोहिपनि पूर्व प्रधानमन्त्रीहरु सहभागी भएनन्

प्रचण्ड नेतृत्वको माओवादी पार्टीको १० वर्षे जनयुद्धको जगमा अन्य राजनीतिक दलको समन्वयमा २०६३ जेठ १५ गते नेपाललाई गणतान्त्रिक मुलुक बनाउने निर्णय गरिएको थियो

सम्बन्धित समाचार