२०८३ जेष्ठ १५ गते , शुक्रबार

कर्मचारीको तलब २१ प्रतिशत बढाइयो

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १५ गते , शुक्रबार
कर्मचारीको तलब २१ प्रतिशत बढाइयो

झापा । अर्थमन्त्री स्वर्णिम वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । बजेट भाषणमार्फत अर्थमन्त्री वाग्लेले सो घोषणा गरेका हुन् ।
२१ प्रतिशत मध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ ।
त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।
विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको उनले बताए ।

सम्बन्धित समाचार