हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा विद्यालयमा व्याग वितरण
बिर्तामोड । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले विद्यार्थीहरुलाई व्याग वितरण गरेको छ । बुधबार झापाको बाह्रदशी–६ स्थित पञ्चमणि माविका विद्यार्थीहरुलाई कम्पनीले स्कुल व्याग वितरण गरेको हो ।
कम्पनीले सामुदायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले व्याग वितरण गरिएको कम्पनीका कोशी प्रदेश उपप्रमुख भोलाकृष्ण मिश्र (नविन)ले जानकारी दिए । कम्पनीले ५० जना विद्यार्थीलाई कम्पनीको लोगो अंकित व्याग वितरण गरेको थियो ।
कम्पनीले आफ्ना विद्यार्थीलाई शैक्षिक सामाग्रीको रुपमा व्याग वितरण गरेकोमा कम्पनीलाई विद्यालयका प्रधानाध्यापक तुलाराम निरौलाले धन्यवाद व्यक्त गरे । संक्षिप्त कार्यक्रममा कम्पनीका बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारी, एजेन्सी मेनेजर सञ्जय शर्मा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो । प्रधानाध्यापक निरौलाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक विवेक उप्रेतीले संचालन गरेका थिए ।