एमाले अध्यक्ष ओलीलाई नेतृत्व छाड्न नेताहरुको दबाब
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाडेर मार्ग प्रशस्त गर्न नेताहरुले दबाब दिन थालेका छन् । निर्वाचनको समिक्षा गर्न ओली निवास गुण्डुमा बोलाइएको सचिवालय बैठकमा सहभागी ४ जना उपाध्यक्षहरुले ओलीलाई अध्यक्ष छाडेर मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।
शुक्रबार बसेको सचिवालय बैठककै क्रममा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले एमालेलाई प्राइभेट लिमिटेड बनाउन नहुने भन्दै आक्रोश पोखेका थिए ।
पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष ओलीमा पुरानो दम्भ, घमण्ड र गुटगत सोँच उस्तै रहेको उल्लेख गरेकीछन् । एमाले कार्यकर्ताहरुको त्याग र संघर्षसँगै बलिदानबाट जन्मिएको पार्टी भएको स्मरण गर्दै शाक्यले श्वास रहुञ्जेल अध्यक्ष भइरहने ओलीको साँच गलत भएको बताएकीछन् ।
नेतृत्व पुस्तान्तरण र हस्तान्तरण हुनुपर्ने उनको भनाई छ । त्यस्तै अर्का नेता इश्वर पोखरेलले आत्मसमिक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडी बढ्न सक्ने सुझाव दिएका छन् ।