२०८३ जेष्ठ ७ गते , विहीबार

मीन बहादुरले दिएको जग्गामा भवन नबनाउने एमालेको निर्णय

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ७ गते , विहीबार
मीन बहादुरले दिएको जग्गामा भवन नबनाउने एमालेको निर्णय

बिर्तामोड भाटभटेनीका मालिक तथा व्यवसायी मीनबहादुर गुरुङले अनुदानमा बनाइदिने भनेको कार्यालय भवन नेकपा एमालेले नलिने भएको जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको हो

एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावमा गुरुङले दान दिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख

कलङ्कीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पती) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव

यसअघि दानमा पार्टी कार्यालय लिन लागेको भन्दै यसअघि एमालेभित्र कतिपय नेताहरूले विरोध गरेका थिए विरोध गरेकै कारण नेताहरू बिन्दा पाण्डे उषाकिरण तिम्सेनालाई एमालेले कारबाही नै गरेको थियो

यता एमालेलाई जग्गा दान दिएकै कारण विवादमा तानिएका गुरुङले सञ्चालन गरेको भाटेभटेनीका विभिन्न स्थानका स्टोरहरु जेनजी आन्दोलनमा तोडफोड गरिएको थियो

सम्बन्धित समाचार