२०८३ जेष्ठ ७ गते , विहीबार

भद्रपुर नगरपालिकाले दियो बक्सिङ खेल सामाग्री

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ७ गते , विहीबार
भद्रपुर नगरपालिकाले दियो बक्सिङ खेल सामाग्री

भद्रपुर । भद्रपुर नगरपालिकाले खेल सामाग्री प्रदान गरेको छ । पालिकाले बुधबार एक लाख रुपैयाँ बराबरको बक्सिङ खेल सामाग्री हस्तान्तरण गरेको हो ।
भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले संघका उपाध्यक्ष दिनेश कुमार रायसहित समितिका सदस्यहरु र खेलाडीको उपस्थितिमा सामाग्री हस्तान्तरण गरेको कोषाध्यक्ष जोया सुब्बाले जानकारी दिईन् । खेल प्रवर्द्धनमा सहयोग गरेको भन्दै संघले नगरपालिकालाई धन्यवाद दिएको सुब्बाले बताइन् । 

सम्बन्धित समाचार