२०८३ जेष्ठ ७ गते , विहीबार

सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरू निलम्बन हुन तयार : हर्क साम्पाङ

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ६ गते , बुधबार
सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरू निलम्बन हुन तयार : हर्क साम्पाङ

झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका छन् । 
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जबाफदेही बनाउन आफूहरूको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरू निलम्बन हुन पनि तयार रहेको बताएका हुन् ।
सुकुम्वासी, लिपुलेक, विदेशी ऋण लगायत आफूहरूका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए । उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरे । साम्पाङ र उनका सांसदले निरन्तर संसदमा अवरोध पुर्‍याएको भन्दै सभामुख डीपी अर्यालले सच्याउन चेतावनी दिएका थिए। 

सम्बन्धित समाचार