२०८३ बैशाख २९ गते , मंगलबार
एक्लो माननीय भनेर हेला नगर्न सांसद पुनको आग्रह
बिर्तामोड । पूर्व शिक्षामन्त्री तथा प्रतिनिधीसभा सदस्य महावीर पुनले आफूलाई पाँच मिनेटको समय छुट्याएकोमा सभामुखसमक्ष गुनासो पोखेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै सांसद पुनले पाँच मिनेटको सीमा नतोक्न सभामुखसँग आग्रह गरे ।
‘एक्लो माननीय भनेर मलाई हेला नगरियोस् । अन्यलाई १०–१५ मिनेट दिँदा मलाई पाँच मिनेट नदिइयोस् । तपाईंहरुको पार्टी सदस्य भन्दा मेरो देश–विदेशमा मेरा समर्थक धेरै छन्’, पुनले भने ।