२०८३ बैशाख २९ गते , मंगलबार
हात्तीको आक्रमणमा परी अर्जुनधारामा एक जना घाइते
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । सोमबार राति ९ बजे हात्तीले आक्रमण गर्दा अर्जुनधारा-२ का दिनेश पराजुली घाइते भएका हुन् ।
मिलन चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा २४ वर्षीय पराजुलीलाई अचानक एउटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको छ । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको र उनको अवस्था बोल्न सक्ने, सामान्य रहेको छ प्रहरीले जनाएको छ ।