२०८३ बैशाख २९ गते , मंगलबार

अनलाइन सट्टाबाजीमा संलग्न दुई जना नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख २८ गते , सोमबार
अनलाइन सट्टाबाजीमा संलग्न दुई जना नियन्त्रणमा

बिर्तामोड । झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ । आईतबार साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
​पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन् । गिरीलाई बिर्तामोड–५ स्थित गो ६९ क्याफे र  मेचेलाई बिर्तामोड–४ स्थित रेड हट चिलीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई सोमबार जिल्ला अदालत झापाबाट सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि २ दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार