२०८३ बैशाख २५ गते , शुक्रबार
श्रम संस्कृति पार्टी प्रवेश गर्दै किराती
झापा । पूर्वमन्त्री सुदन किराती र हर्क साम्पाङबीच पार्टी प्रवेश गर्ने सम्बन्धमा छलफल भएको छ । छलफलमा किराती साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रवेश गर्ने सहमति भएको स्रोतले बतायो । आज दिउँसो ३ बजे औपचारिक घोषणा गरिने बायलताइएको छ ।
‘सैद्धान्तिक सहमति भइसकेको र बाँकी कुरा दुवै पक्षको वार्ता टोलीले मिलाउने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘सुदन किरातीलाई वरिष्ठ नेताको पद दिने सल्लाह भएको छ ।’
विस्तृतमा आज दिउँसो बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने छ ।