२०८३ बैशाख २४ गते , विहीबार
ज्वाला इम्बुङ बने त्रिसाली राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको च्याम्पियन
झापा । पाँचथरको कुम्मायकमा आयोजित त्रिसाली पूजा तथा मेला दोस्रो राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता–२०८३ को उपाधि बिर्तामोडका ज्वाला इम्बुङले जितेका छन् ।
बैशाख २१ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएका हुन् ।
स्विस लिग प्रणालीअन्तर्गत ९ चरणसम्म चलेको प्रतिस्पर्धामा इम्बुङले ७.५ अङ्क जोड्दै प्रथम स्थान हासिल गरे । उपाधिसँगै उनले नगद २५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा समान ७ अङ्क जोड्दै धरानका ललितबहादुर राई दोस्रो स्थानमा रहे भने बिर्तामोडका किरण लिम्बू तेस्रो स्थानमा सीमित भए । उनीहरूले क्रमशः नगद १५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।