अध्यादेश ल्याएकोप्रति रास्वपाको स्पष्टोक्ति
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले द्रुत गतिमा काम गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् ।
बुधबार पार्टी संसदीय दलको बैठकपछि पत्रकारसँग बोल्दै प्रमुख सचेतक बुर्लाकोटीले नागरिकले दिएको म्यान्डेटअनुसार छिटो छरितो रूपमा काम गर्नका लागि अध्यादेश ल्याएको बताए । अहिले कानूनी प्रक्रियाका झन्झटले सामान्य काम गर्न पनि ३–४ महिना लाग्ने अवस्था रहेको उनको भनाइ छ ।
अध्यादेश कुनै व्यक्ति, संस्था वा दल विशेषलाई लाभ र्पुयाउने उद्देश्यले नभई जटिल प्रक्रियाबाट रोकिएका कामहरूलाई गति दिन ल्याइएको प्रमुख सचेकत बुर्लाकोटीले उल्लेख गरे । उनले विशेषगरी सहकारी पीडितहरूको रकम फिर्ता गर्ने प्रक्रिया र संवैधानिक नियुक्तिहरूलाई छिटो टुङ्ग्याउन अध्यादेश आवश्यक रहेको बताए । असल नियत राखेर नै अध्यादेश ल्याइएको उनले जिकिर गरे ।