२०८३ बैशाख ११ गते , शुक्रबार
काठमाडौँ बन्यो विश्वकै पहिलो प्रदूषित सहर, घर बाहिर ननिस्कन विज्ञको सुझाव
झापा । यतिबेला काठमाडौँ उपत्यका वायु प्रदूषण बढेको छ।
हावाको गुणस्तर मापन गर्ने वेबसाइट आक्यू एयरका अनुसार बिहीबार अपराह्न ४ बजे नेपाल विश्वका सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा छ ।
आइक्यू एयरका अनुसार काठमाडौँको एक्युआई २०४ छ ।
यस्तै, पाकिस्तानको लाहोर १५१ एक्युआईसहित दोस्रो, बंगलादेशको ढाका १३४ एक्युआईसहित तेस्रो, अल्जेरियाको अल्जियर्स १३२ एक्युआईसहित चौथो र थाइल्याण्डको चियाङ माई १२४ एक्युआईसहित विश्वका प्रदूषित शहरको पाँचौँ नम्बरमा छ ।
पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकाको आकाश धुम्म छ । अहिलेको अवस्थामा ‘मर्निङ वाक’लगायतका बाहिरी शारीरिक व्यायाम गर्न नहुने र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन विज्ञहरूको सुझाव छ ।