स्वस्तिकामा शिक्षक अभिमुखीकरण तालिम शुरू
बिर्तामोड । झापाको अर्जुनधारामा अवस्थित स्वस्तिका शिशु सदनमा शिक्षक अभिमुखीकरण तालिम शुरू भएको छ । दुई दिने तालिम बिहीबारबाट सुरु भएको हो ।
शिक्षकहरूमा शिक्षणशैली अभिवृद्धि गरी विद्यालयको शैक्षिक गुणस्तर बढाउन तालिम आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल ईश्वरा श्रेष्ठले जानकारी दिईन् ।
विद्यार्थीहरूलाई सिकाईमा कसरी प्रोत्साहित गर्ने, कक्षा कोठामा विषयवस्तु कसरी प्रस्तुत गर्ने जस्ता महत्त्वपूर्ण विषयलाई कार्यक्रममा डा. कुमार सुवेदीले सहजीकरण गरेका थिए ।

ट्रष्ट टीम नेपालसँगको सहकार्यमा भएको अभिमुखीकरणमा अध्यक्ष खिवराज दाहालले मानिसले आफ्नो क्षमता पहिचान गर्न र खुसी रहन सकियो भने आफ्नो पेशामा अब्बल बन्न सकिने बताए ।
विद्यालयका संस्थापक प्रिन्सिपल श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन सत्र ट्रष्ट टीम नेपालका महासचिव सागर रिजालले सञ्चालन गरेका थिए । विद्यालयका शिक्षक इन्द्र ढुङ्गानाले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यालयका २५ जना शिक्षकको सहभागिता रहेको थियो ।