२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा चेस एकेडेमी सञ्चालन हुँदै

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ४ गते , शुक्रबार
बिर्तामोडमा चेस एकेडेमी सञ्चालन हुँदै

बिर्तामोड । झापाको बिर्तामोडमा चेस एकेडेमी सञ्चालन हुने भएको छ । यही महिनादेखि 'जेके चेस एकेडेमी' सञ्चालन गर्न लागिएको हो ।
चेस खेलाडीहरू उत्पादन गर्ने उद्धेश्यले एकेडेमी सञ्चालन गर्न लागिएको सञ्चालक मध्येका किरण फियाक लिम्बूले जानकारी दिए । वैशाख दोस्रो हप्तादेखि एकेडेमी सञ्चालनमा आउने उनको भनाई छ । 
एकेडेमीमा बेसिकदेखि एडभान्स लेभलसम्मको पढाई हुने अर्का सञ्चालक ज्वाला लिम्बूले बताए । स्कुल तहका विद्यार्थीदेखि चेसमा रुचि राख्ने सबैले सिक्न सकिने उनले बताए । विद्यार्थीहरूका लागि विद्यालय समय बाहिर सिकाइने उनको भनाई छ ।
एकेडेमीले विद्यालयहरूमा गएर समेत सैद्धान्तिक र प्राविधिक ज्ञान दिइने सञ्चालक लिम्बूले बताए ।
चेस मानसिक विकासका लागि उपयुक्त खेल मानिन्छ । 

सम्बन्धित समाचार