२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडका उत्कृष्ट तीन शिक्षक ५० हजार नगदसहित पुरस्कृत

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २८ गते , शनिबार
बिर्तामोडका उत्कृष्ट तीन शिक्षक ५० हजार नगदसहित पुरस्कृत

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले उत्कृष्ट तीन शिक्षकलाई नगदसहित पुरस्कृत गरेको छ । नगरभित्रका शिक्षकहरुमध्येबाट तीन जनालाई ५० हजार रुपैयाँ, प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो ।
शुक्रवार बिर्तामोड नगरपालिकाले उत्कृष्ट शिक्षक, सेवा निवृत्त शिक्षक सम्मान र उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।
उत्कृष्ट शिक्षकहरुमा प्रावि तह तर्फ जनता आधारभुत विद्यालयमा कार्यरत सरिता खतिवडा, निमावि तर्फ महेन्द्ररन्त माविका विजय प्रकाश उप्रेती र मावि तह तर्फ महेन्द्ररन्त माविका लक्ष्मी प्रसाद प्रसाई रहेका छन् ।
सोही कार्यक्रममा निवृत्त शिक्षकहरुलाई सम्मानसहित विदाई गरिएको छ । महेन्द्ररत्न माविबाट निवृत्त शान्ता चुडाल, मोहनमाया माविबाट वेदमाया खनाल, अम्बिका देवी दाहाल, राघव गड्तौला, वीर अमरसिंहबाट यदुनाथ अधिकारी, चमरधाप प्राविबाट देवी प्रसाद पोखरेल, पञ्चरत्न माविबाट यमनाथ प्रसाई, दुर्गा माविबाट जनार्दन मिश्र र देवी माविबाट निबृत्त अग्नी बहादुर दाहाल, यज्ञप्रताप अधिकारी र पद्मा पाण्डेलाई सम्मानसहित विदाई गरिएको हो ।

सम्बन्धित समाचार