२०८२ चैत्र २४ गते , मंगलबार

गोमेन्द्र बिर्ता मोडेलले गर्यो कक्षा १२ लाई विदाई

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २२ गते , आईतबार
गोमेन्द्र बिर्ता मोडेलले गर्यो कक्षा १२ लाई विदाई

बिर्तामोड झापाको बिर्तामोड स्थित गोमेन्द्र बिर्ता मोडेल स्कुलले कक्षा १२ का विद्यार्थीलाई बिदाई गरेको कक्षा १२ अध्ययन गरिसकेका उनीहरुलाई एक औपचारिक कार्यक्रमका बिच विदाई गरेको हो   

बिर्तामोडमा एक कार्यक्रमकाबिच कक्षा ११ का बिद्यार्थी स्कुल परिवारले  १२ कक्षाका विद्यार्थीलाई बिदाई गरेको हो

शिक्षक अभिभावक संघका अध्यक्ष पुष्प खड्काको प्रमुख आतिथ्य तथा संस्थापक निर्देशक उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरूलाई बिदाई गरिएको हो उनीहरूलाई पुष्पगुच्छा सहित मायाको चिनो प्रदान गरिएको थियो

कार्यक्रममा प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष  खड्का, कलेजका प्रिन्सिपल गिता ढकाल खनालनिदि कलेजका संस्थापक प्रिन्सिपल तथा रन्जित साह, प्लस टु का  शिक्षक गोपाल अधिकारी लगायतले विद्यार्थीलाई बिदाई गर्दै आउँदै गरेको परिक्षाको सफलता सहित उज्जवल भबिष्यको कामना गरे  

कार्यक्रममा यमुना निरौलाले सम्पुर्ण बिद्यार्थीहरूको तर्फबाट आफ्नो अनुभव राखेकी थिईन

कार्यक्रममा बालबालिका शिक्षा तथा सन्चार मन्चका संयोजक सरोज पौडेल लगायतको आतिथ्यता रहेको थियो

प्लस टु प्रोगाम हेड अनुप ढकालले स्वागत गरेको कार्यक्रमको सन्चालन भाइस प्रिन्सिपल तिर्थ दाहालले गरेका थिए

 

सम्बन्धित समाचार