२०८२ चैत्र २४ गते , मंगलबार

संसद अघिवेशन बिहीबारदेखि, सभामुख र उपसभामुख चयन हुने

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १७ गते , मंगलबार
संसद अघिवेशन बिहीबारदेखि, सभामुख र उपसभामुख चयन हुने

बिर्तामोड । संघीय संसद्को अधिवेशन पर्सि बिहीबारदेखि शुरु हुने भएको छ ।

मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

फागुन २१ को चुनावबाट प्रतिनिधिसभा गठन भएपछि पहिलो पटक संसद् अधिवेशन बस्न लागेको हो । संसदको पहिलो अधिवेशनमा प्रतिनिधिसभामा सभामुख र उपसभामुखको चुनाव हुनेछ ।

प्रतिनिधिसभाको पहिलो बैठक शुरु भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको चुनाव गर्नुपर्छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरकफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार