२०८२ चैत्र २४ गते , मंगलबार

कोशीका सांसदसँग प्रधानमन्त्री शाहको छलफलमा गएनन् हर्क

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १६ गते , सोमबार
कोशीका सांसदसँग प्रधानमन्त्री शाहको छलफलमा गएनन् हर्क

बिर्तामोड । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोशी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।
सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन् ।
छलफलमा सहभागी भएका रास्वपा सांसद यज्ञमणी न्यौपानेका अनुसार, सबै सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याबारे प्रधानमन्त्री शाहसमक्ष ब्रिफिङ गरेका छन् ।
‘कोशी प्रदेशका सामूहिक समस्या र प्रत्येक निर्वाचन क्षेत्रका आ आफ्ना क्षेत्रका समस्याबारे प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो,’ प्रधानमन्त्री शाहसँगको छलफलपछि न्यौपानेले भने, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने समस्या के हुन् ? त्यसको समाधानको बाटो के छ ? भनेर जिज्ञासा राख्नुभयो । सबैले आ आफ्नो धारणा राख्ने काम भयो ।’
साथै, प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा समस्याहरू समाधान गर्दै अघि बढ्ने पनि बताए ।
‘प्राथमिकताका आधारमा, बजेटको आधारमा प्राथमिकता निर्धारण गरेर छिटोभन्दा छिटो समाधान गर्ने विषयमा उहाँको कुरा रह्यो,’ सांसद न्यौपानेले भने ।
सो छलफलमा सुनसरी क्षेत्र नम्बर १ का सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई भन्ने अनुपस्थित थिए ।

सम्बन्धित समाचार