२०८२ माघ २८ गते , बुधबार

झापा गोल्ड कप : उद्घाटन खेलमा आयोजक विजयी

sajilo news
परिवेश मिडिया
२०८२ माघ २४ गते , शनिबार
झापा गोल्ड कप : उद्घाटन खेलमा आयोजक विजयी

बिर्तामोड । सातौं झापा गोल्ड कपको उद्घाटन खेलमा आयोजक झापा-११ ले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा झापा- ११ ले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
झापाको बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा भएको आजको उद्घाटन खेलको १२औं मिनेटमा नेपाल पुलिस क्लबका खेलाडी जोन बिष्टले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । निर्धारित ४५ मिनेटको पहिलो हाफमा थपिएको ३ मिनेट समयको दोस्रो मिनेटमा झापाको तर्फबाट शिशिर लेखीले पहिलो गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
पहिलो हाफ बराबरीमा सकिएपछि आक्रामक बनेको दोस्रो हाफको १४औ मिनेटमा झापा-११ का खेलाडी राजेश दाहालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दाहालको उक्त गोल नै आजको खेलको निर्णायक गोल बन्न पुग्यो । आजको खेलको उत्कृष्ट खेलाडी झापा-११ का राजेश दाहाल घोषित भए । म्यान अफ द म्याच बनेका दाहालले नगद २५ हजार प्राप्त गरे ।
भोलिको खेल त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज बीच हुने आयोजकले जनाएको छ । 

सम्बन्धित समाचार