२०८२ माघ २८ गते , बुधबार
झापा बक्सिङ संघको कोषाध्यक्षमा जोया चयन
बिर्तामोड । झापा बक्सिङ संघको कोषाध्यक्षमा जोया सुब्बा चयन भएकी छन् । बिहीबार बसेको जिल्ला कार्य समितिको बैठकले सुब्बालाई कोषाध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अर्जुनधारा ११ नयाँ बसपार्कस्थित एक्स थ्री बक्सिङ क्लबकी संचालक सुब्बालाई कोषाध्यक्षमा चयन गरिएको जिल्ला बक्सिङ संघ झापाका अध्यक्ष युवराज खड्काले जानकारी दिएका छन् । सुब्बा बक्सिङको राष्ट्रीय निर्णायकसमेत हुन् ।
खड्काको अध्यक्षतामा बसेको बैठकले विशाल गिरीलाई सदस्यमा चयन गरेको छ ।