२०८३ बैशाख १८ गते , शुक्रबार

बुद्धशान्तिमा थ्रेसर मेसिनले च्याप्दा हात चुट्टियो

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर २१ गते , आईतबार
बुद्धशान्तिमा थ्रेसर मेसिनले च्याप्दा हात चुट्टियो

बिर्तामोड । झापाको बुद्धशान्तिमा धान झार्ने क्रममा थ्रेसर मेसिनले च्याप्दा एक जनाको हात चुट्टिएको छ । बुद्धशान्ति-३ दुई रिङगे टोल बस्ने छबिलाल न्यौपानेको धान थ्रेसर मेसिनले झार्ने क्रममा आज दिउँसो ३ बजे सोही ठाउँ बस्ने वर्ष ४५ को कुलबहादुर थापाको हात चुट्टिएको प्रहरीले जनाएको छ ।
थापाको कुहिना मुनिको भाग चुट्टिएको र उपचारका लागि बिएण्डसी अस्पताल लगिएको छ ।
थ्रेसर मेसिन इप्रका बुधबारेको नियन्त्रणमा रहेको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । थापाको आफ्नै थ्रेसर मेसिन रहेको र धान झार्न आफै खटिने गरेको बुझिएको छ। 

सम्बन्धित समाचार