स्वयम्सेवक दिवसको अवसरमा बिरुवा रंगरोगन
बिर्तामोड । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजार सडक आसपास रहेका बोटबिरुवामा रंगरोगन गरिएको छ ।
सहारा नेपालको आयोजना तथा ग्लोवल लनिङ ल्याव, इन्टरनेशनल भोलेन्टियर्स इयर २०२६, र बिर्तामोड नगरपालिका वडा नम्बर ३ को सहयोगमा बोटविरुवाका हाँगा काटेर सरसफाई गरी रंगरोगन गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकीले आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बिर्ताबजार सडक आसपासमा करिव २ बर्षअघि लगाइएका बोटविरुवाहरुको हाँगाहरु काट्ने र त्यसमा रंगरोगन गरेर सुन्दर बनाउने बताए । उनले सहारा नेपालको आयोजनामा भएको राम्रो कार्यमा सवैलाई सहभागिता जनाउन आग्रह गरे ।
सहारा नेपालले बोटविरुवामा लगाउने रंगरोगन उपलब्ध गराएको थियो । कार्यक्रममा सहारा नेपालका कर्मचारी, बिर्तामोड नगरपालिकाका कर्मचारी, नगर प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष विरन कोइराला, बिर्तामोड नगरका इन्जिनियर प्रभास थापा, अनारमनी युथ क्लवका अध्यक्ष राज मुखिया, स्काउटर गीता भट्टराई, बिर्तामोड नगर प्रहरी, बिद्यार्थी स्थानीयलगायतको सहभागिता रहेको थियो ।