२०८२ माघ २८ गते , बुधबार

आजदेखि एक सय रुपैँयाको नयाँ नोट बजारमा

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर ११ गते , विहीबार
आजदेखि एक सय रुपैँयाको नयाँ नोट बजारमा

बिर्तामोड नेपालमा आज (बिहीबार) देखि एक सय दरका नयाँ नोट चलनचल्तीमा आएको

नेपाल राष्ट्र बैंकले साविककै आकार रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बरक/२००००००१ देखिघ/४०९९९९९९ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको

राष्ट्र बैंकले यसअघि ०७६ असोज गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो

तत्कालीन समयमा संकेत नम्बरओ/१८०००००१ देखिक/३७९९९९९९ सम्मका नयाँ नोट चलनचल्तीमा ल्याइने भनिएको थियो तर, राष्ट्र बैंकले संकेत नम्बरओ/१८०००००१ देखिक/१९०३४५०० सम्मका नोटमात्रै चलनचल्तीमा ल्याएको थियो

यस्तो एक सयको नयाँ नोटको विशेषता

नोटको अग्रभागमा

वायाँतर्फ सगरमाथाको चित्र रहेको

दायाँतर्फ लागिगुराँसको पानी छाप रहेको

मध्य भागमा नेपालको नक्सा रहेको

मध्य भागमा अशोक स्तम्भको चित्रका साथै LUMBINI THE BIRTH PLACE OF LORD BUDDHA लेखिएको साथै अशोक स्तम्भसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्लो रहेको वायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिक मा मायादेवीको चित्र रहेको

मिलिमिटर चौडा भएको रंग परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रंग ढल्काएर हेर्दा हरियो रंग देखिने) सुरक्षण धागो रहेको

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको

तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा वि.सं. २०८१ लेखिएको

नोटको पृष्ठ भागमा

मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको

मध्य भागमा एक सिंगे गैंडाको माउ बच्चाको चित्र रहेको

तल्लो भागको बोर्डरमा RUPEES ONE HUNDRED लेखिएको

तल्लो भागको बोर्डरमा नोटको Series Number अंग्रेजीमा 2024 A.D. लेखिएको

सम्बन्धित समाचार