२०८२ माघ २८ गते , बुधबार

२२ वर्षमै प्रधानाध्यापक बने भण्डारी

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १० गते , बुधबार
२२ वर्षमै प्रधानाध्यापक बने भण्डारी

झापा । बैतडी पाटन–९ का भरत भण्डारी २२ वर्षको उमेरमै जनप्रिय आधारभूत विद्यालय, पाटन–८ ज्याफूका प्रधानाध्यापक नियुक्त भएका छन् । शिक्षण पेसामा प्रवेश गरेको छ महिनामै उनलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो ।
इमान्दारिता र सेवा भावनाको कदर गर्दै विद्यालयको व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा शिक्षक हरूको मङ्सिर ९ गतेको बैठकले भण्डारीलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको एक शिक्षकले बताए ।
नयाँ जिम्मेवारी पाएका भण्डारीले विद्यालय परिवार, पदाधिकारी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साथ-सहयोग र हौसलाको अपेक्षा गरेको बताए । 

सम्बन्धित समाचार