२०८३ बैशाख १८ गते , शुक्रबार

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर ६ गते , शनिबार
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

बिर्तामोड । झापाको गौरादह र गौरिगञ्जको सिमानामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार गौरादह नगरपालिका वडा नं ६ आरतिनगर बस्ने अन्दाजी ५० वर्षीय  राम कुमार ताजपुरियाको मृत्यु भएको हो।
शनिबार दिउँसो अन्दाजी १२:२० बजे गौरादह नगरपालिका वडा नं ६ र गौरीगंज नगरपालिका ५ को सिमानामा पर्ने रामचन्द्रे खोलामा आफ्नो घरको २२० भोल्ट लाइनको तार जोडी माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लागेर पानीमा मृत अवस्थामा निजको श्रीमती फुल कुमारी ताजपुरियाले देखी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापालाई जनाएको छ ।

सम्बन्धित समाचार