२०८३ बैशाख १८ गते , शुक्रबार
झापा कारागारको एक कैदीको मृत्यु
बिर्तामोड । झापा कारागारको एक कैदीको मृत्यु भएको छ । कर्ण बहादुर लिम्बुको शुक्रबार मृत्यु भएको हो ।
लिम्बुलाई प्रेसरको समस्या देखिएपछि प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा आज बिहान ८:४० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दार्जिलिङ ठेगाना भएका ६१ वर्षीय लिम्बु २०७५ साउन २९ गतेदेखि जबरजस्ती करणी मुद्दा अन्तर्गत कैद भुक्तान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मृताको सब अस्पतालमा नै रहेको र आफन्तलाई खबर भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।