२०८३ बैशाख १८ गते , शुक्रबार

हेर्नुहोस आजको राशिफल

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १७ गते , सोमबार
हेर्नुहोस आजको राशिफल

विसं २०८२ साल कार्तिक १७ गते सोमबार इस्वी सन् २०२५ नोभेम्बर तारिख नेपाल संवत् ११४६ सिद्धार्थी संवत्सर दक्षिणायनं शरद ऋतु श्रीशाके १९४७ कार्तिक शुक्लपक्ष तिथित्रयोदशी, ४३ घडी २१ पला, बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त चतुर्दशी

हेर्नुहोस आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको समयमा काम नबन्ने तथा विभिन्न अवसरबाट वञ्चित हुने योग रहेको गलत काम तथा क्रियाकलापलाई प्रश्रय दिनाले इज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ माया प्रेममा धोका हुनेछ भने जीवन साथीसँग अनावश्यक विवाद हुन सक्छ ध्यान दिनुहोला तर पनि लामो दुरीको यात्राको ग्रहयोग रहेको

वृष (,,,,वा,वी,वू,वे,वो) आर्थिक दृष्टिले दिन उत्तम रहेको भने अधुरा योजनाहरू पुरा हुनेछन् व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ सन्तान सुख मिल्नेछ भने परिवारमा माङ्गलिक कार्य हुनेछ पुख्र्यौली सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन तथा सम्पत्र् िजोड्न सकिनेछ पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ माया प्रेमको डोरो कसिलो भएर जानेछ यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ

मिथुन (का,की,कू,,,,के,को,हा) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ पैतृक धन तथा सम्पत्र् िप्राप्त हुनेछ अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको तर पनि मौसमको प्रतिकुलताले कृषि तथा पशुपालन व्यवसायलाई नोक्सान पुर्याउन सक्छ

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ खोज तथा  अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ  

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा दिदीबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला

कन्या (टो,पा,पी,पू,,,,पे,पो) व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ वित्तीय क्षेत्रबाट नाफा कमाउन सकिनेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई थोरै  समय दिएर सुल्झाउन सकिनेछ शत्रुले दुःख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडी बढ्न सकिनेछ आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ न्यायालयमा हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ पढाइ लेखाइमा प्रति द्वन्दिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  व्यापार तथा शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको पढाइ लेखाइ अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् आकस्मिक धन तथा सम्पत्र् िलाभ हुने योग रहेको आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)  आफन्तहरू टाढिने तथा पति पत्नीबिच सामान्य मनमुटाबको सिर्जना हुनेछ पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ तर पनि शेयर बजार तथा वित्तीय क्षेत्रबाट थोरै भए पनि आम्दानी हुनेछ

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी) आट, साहस तथा पराक्रम वृद्धि भएर जाने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ लेखन कला तथा साहित्यमा बाकी रहेको कामलाई पूर्णता दिन सकिनेछ प्रेम प्रसङ्गमा रमाउने चाहनेहरूका लागी समय उत्तम रहेको सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन अध्यापनमा प्रगति हुनेछ पारिवारिक सद्भाव बढ्नेछ आयआर्जनमा वृद्धि हुनेछ नयाँ कामको थालनी हुनेछ ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मीयताको बढोत्तरी हुने योग रहेको व्यापार शेयर बजारमा राम्रै फड्को मार्न सकिने समय रहेको   प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको

मीन (दी,दू,,,,दे,दो,चा,ची) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको राजनीतिमा पद प्राप्तिको योग रहेको

राशिफलले जेजस्तो बताएपनि कर्म गर्न भने नछाड्नु होला शुभदिन

सम्बन्धित समाचार