२०८३ बैशाख १८ गते , शुक्रबार

हराएकै दिन सरोज शर्माको हत्या, पक्राउ पर्ने डरले गाडीमा आगजनी

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १६ गते , आईतबार
हराएकै दिन सरोज शर्माको हत्या, पक्राउ पर्ने डरले गाडीमा आगजनी

बिर्तामोड झापाको शिवसताक्षी नगरपालिका१० माइधार निवासी सरोज शर्मा हराएकै दिन हत्या भएको पाइएको उनी कात्तिक गतेदेखि हराइरहेका थिए उनको शव कात्तिक १५ गते शनिबार बिहान झापा गाउँपालिका मा पर्ने विरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शव फेला परेको थियो

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोहि ठाउँ बस्ने राहुल साह सुनिल साहलाई पक्राउ गरेको अभियुक्तको बयानका आधारमा प्रहरीले शर्माको शव फेला पारेको एक अनुसन्धान अधिकृतले बताए उनका अनुसार पक्राउ परेकाहरुको बयानको आधारमा शव फेला परेको हो घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भएकाले अनुसन्धान जारी रहेको ती अधिकृतको भनाई शर्माको हत्या हराएकै दिन भएको देखिन्छ,’ उनले भने, ‘पक्राउ परिने डरले हत्यामा संलग्नहरुले नै शर्मा सवार कारसमेत आगजनी गरेका हुन

उनका अनुसार पक्राउ परेका मध्ये एक जना प्रतिवादीको हात डढेको गाडी जलाउने क्रममा उनको हात जलेको हुनसक्ने प्रहरीको आशंका

शर्मा सवार बागमती प्रदेश ०१०३० ७१९४ नम्बरको कार चन्द्रगढीचारआली सडक खण्ड अन्तर्गत मेचीनगर१३ स्थित हातेमालो सामुदायिक वनभित्र कात्तिक १३ गते विहीबार जलेको अवस्थामा फेला परेको थियो शर्मा आइटीको काम गर्ने काठमाण्डौ बस्ने गरेको स्थानीयहरु बताउँछन् उनी चाड मनाउन घर आएको समयमा हत्या भएको हत्यामा संलग्नहरु लागूऔषध सेवनकर्ता भएको स्थानीय बताउँछन्    

 

सम्बन्धित समाचार