२०८३ बैशाख १८ गते , शुक्रबार

भिजिट भिसालाई खुकुलो बनाउँदै सरकार

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १४ गते , शुक्रबार
भिजिट भिसालाई खुकुलो बनाउँदै सरकार

काठमाडौं सरकारले भिजिट भिसा खुकुलो बनाएको गृहमन्त्रीस्तरीय निर्णयबाट भिजिट भिसाका विद्यमान विभिन्न प्रावधान हटाएर सहज बनाइएको हो

अध्यागमन विभागले पत्रकार सम्मेलन गर्दै भिजिट भिसामार्फत विदेश जान चाहनेका हकमा सहज बनाइएको जनाएको

त्यसका लागि कम्तीमा महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, त्यसका लागि आवश्यक कागजात साथमा रहेको यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत बेहोरा प्रस्थान गर्ने व्यक्तिले गरेको स्वघोषणा हुनुपर्ने विभागले जनाएको

यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट, अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो तर, अबदेखि यो प्रावधान हटाइएको विभागले जनाएको

सम्बन्धित समाचार