२०८३ बैशाख १८ गते , शुक्रबार
फेरी भासियो राजदुवाली सडक खण्ड, सवारी आवागमनमा रोक
बिर्तामोड । मेची राजगमार्ग अन्तर्गत इलामको राजदुवाली सडक खण्ड पुनः भासिएको छ । बिहीबारदेखि परेको बर्षाका कारण सो सडक खण्ड भासिएकाले जिल्ला प्रशासन कार्यालय इलामले सवारी आवागमनमा रोक लगाएको छ ।
राजदुवाली सकड खण्डसँगै वैकल्पिक मार्गको रुपमा रहेको तिल्केनी–सिमलगोलाई–सिल्पुर सडक खण्डमा समेत प्रशासन कार्यालयले सवारी साधन सञ्चालनमा पूर्णरूपमा रोक लगाएको छ । प्रशासन कार्यालयले एक सूचना जारी गरि वैकल्पिक सडकमा पहिरो खसेका कारण सवारी आवागमनमा रोक लगाइएको जनाएको हो ।
गएको असोज १८ गते आएको भीषण बर्षाका कारण इलाममा ३९ जनाले ज्यान गुमाउनुका साथै एक जना बेपत्ता भएका छन् ।
सामुद्रिक चक्रवात ‘मोन्था’ का कारण नेपालको विभिन्न भूभागमा हिमपात तथा भारी बर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।