दमकमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु २१ जना घाइते (नामावलीसहित)
बिर्तामोड । झापाको दमक नगरपालिका २ पाङ्गिनी चोकस्थित भित्री सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
मंगलबार राति ११ः५५ बजे दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस आँफै अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दमकमा हुर्रा नाचेर घर फर्किँदै गरेकाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका ३ बस्ने बर्ष ३६ को भिम बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका मगरको आम्दा अस्पताल खरखरेमा उपचारको क्रममा बुधबार विहानको राति १२ः२८ बजे मृत्यु भएको थियो ।
अन्य घाइतेहरुको विवरण निम्नानुसार रहेको छ :
मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका ३ बस्ने बर्ष ४१ कि सिता मगरको बहिरी चोट नदेखिएको, अवस्था सामान्य ।
सिता मगरकै छोरा बर्ष १३ को योगेश मगरको छातीमा चोट, अवस्था सामान्य ।
सोहि ठाउँ बस्ने गोबिन्द श्रेष्ठको छोरा बर्ष १४ को विपिन श्रेष्ठको अनुहारमा चोट अवस्था सामान्य ।
बर्ष १७ कि सपना श्रेष्ठको पेटमा चोट अवस्था सामान्य ।
बर्ष ३२ कि नन्दमाया मगरको ढाडमा चोट अवस्था सामान्य ।
बर्ष १८ को आशिन लिम्बुको टाउकोमा चोट अवस्था सामान्य ।
बर्ष ५५ कि राम कुमारी मगरको छातीमा चोट अवस्था सामान्य ।
बर्ष ४५ कि सिता मगरको छाती र पेटमा चोट अवस्था सामान्य ।
सुरेश दर्जीको छोरी बर्ष १४ कि रोनिशा दर्जीको छातीमा चोट आत्तिएर बेहोस भएकी अवस्था सामान्य ।
बर्ष ५७ को टंकबहादुर गुरुङ टाउकोमा चोट अवस्था सामान्य ।
डम्बर श्रेष्ठको छोरा बर्ष ९ को साजन श्रेष्ठको बाँया हातमा चोट अवस्था सामान्य ।
बर्ष २८ कि बिष्णु कुमारी लिम्बुको बाँया हातमा चोट अवस्था सामान्य ।
कृष्ण भुजेलको छोरा बर्ष १५ को निकेश भुजेलको दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
निर्मल राईको छोरा बर्ष १४ को शिसिर राईको दाहिने हात र टउकोमा चोट अवस्था सामान्य ।
बर्ष ४७ को प्रेम रसाईलीको दाहिने हातमा चोट अवस्था सामान्य ।
प्रेम रसाइलीकी श्रीमती बर्ष ४५ कि रुपा रसाईलीको ढाडमा चोट अवस्था सामान्य ।
निजकै छोरा बर्ष ८ को सन्दिप रसाईलीको बाँया हातमा चोट अवस्था सामान्य ।
मिक्लाजुङ ६ बस्ने भवानी श्रेष्ठको छोरा बर्ष १६ को राजन श्रेष्ठको टाउकोमा चोट अवस्था सामान्य ।
फुलमाया जोगीकी छोरी बर्ष १५ कि एन्जिला जोगीको पेटमा चोट अवस्था सामान्य ।
बर्ष २२ कि पुनम मगरको बाँया हातमा चोट अवस्था सामान्य ।
बर्ष १९ कि अनुसा मगरको बाँया हातमा चोट अवस्था सामान्य
घाइतेहरुको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ भने मृतकको शव अस्पतालमा रहेको छ । बसमा ३५ जना सवार रहेका थिए ।
बस चालक मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका ३ बस्ने बर्ष ३९ को भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।